प्राचीन ऐतिहासिक जगमा निर्मित
हरिहर मन्दिर

 
प्राध्यापक– श्री दत्तात्रेयशर्मादाहाल
नारायणपुर दाङ
              
 
प्राचीन ऐतिहासिक जगमा निर्मित
हरिहर मन्दिर
प्रा. श्री दत्तात्रेयशर्मादाहाल
नारायणपुर दाङ

अतिप्राचीन कालका कुराहरू इतिहासबाट थाहा हुन्छ । इतिहासको अर्थ हुन्छ, इति–यस्तो ह–निश्चय नै आस–भएको थियो । अथवा पुरा कालको घटनालाई कथाको माध्यमद्वारा ज्ञान गराउनु इतिहास हो । “पूर्व वृत्तं कथा युक्तमितिहासं प्रचक्षते” । इतिहास जान्नका लागि साधनहरू–
१. प्राचीन ग्रन्थ– जस्तै वेदाङ्ग रामायण महाभारत पुराण आदि ।
२. प्राचीन स्तूप स्मारक मन्दिर प्रासाद एवं भग्नावशेष आदि ।
३. मुद्रा ताम्रपत्र, ढुङ्गेलेख, भुर्जपत्र, ताडपत्र आदि ।
४. प्राचीन भाँडा कुँडा चित्र अन्य वस्तु आदि ।
५. कर्णपरम्परा आपृवाक्य आदि द्वारा अनुसन्धान गरी यर्थार्थ इतिहासको ज्ञान गर्न सकिन्छ । 
   हिमालको माछापुच्छ«े टाकुरामा रहनु भएका नरनारायण दुई देवतामा काला वर्णका नारायणका गण्ड (गाला) बाट पसिनाको रूपमा उत्पन्न भएकी कालीगण्डकी र –
   तच्छृङ्गो मत्स्य श्रृङ्गाख्यो वैकुण्ठो सहशो ध्रुवम् । 
   तत्रस्थो परमौ देवौ नरनाराणामिधौ ।।
  तयोरेकः श्यामलाङ्ग स्तद्गण्ड स्वेदजा नदी ।
सैव कृष्णा गण्डकीति ब्रह्मणोऽप्यति दुर्लभा ।।
                           गण्डकी महात्म्य अध्याय ७
 कल्याणकारक गोसाईकुण्ड महादेवका जटाजूटबाट निक्लेर नेपालका तीर्थहरू संगै मिल्दै आएकी शूलगंगा –त्रिशूली –
महादेव जटाजूटान्नीलकण्ठात् शिवालयात् ।
नैपाल जाततीर्थैश्च मिलिता सा महानदी ।।
आयति शूलगंगेति देवानामति दुर्लभा ।। गण्डकी माहात्म्य ७ अध्याय 
   देवधारिणी कल्मषहारिणी यी दुई महानदीका काखमा रहेको आदि प्रयाग इत्यादि नामले जानिने देवघाटधामको अथाह महिमा तीर्थमय गरिमा धेरै पुराणादि ग्रन्थहरूमा वर्णन गरिएको छ । यसको महात्म्यबारे आधुनिक विद्वान्हरूले पनि कलम चलाई रहनुभएको छ । 
   यस लेखको उद्दश्य देवघाटधामलाई हरिहर क्षेत्र भन्नुको कारण र हरिहर मन्दिरको स्थान र नामको विषयमा प्रकाश पार्नु हो । वराहपुराणमा भगवान्ले पृथिवीसंग भन्नुहुन्छ सर्वश्रेष्ठ तीर्थ मानिएको देवघाटधाममा म विष्णु र देवाधिदेव शिव बस्छौँ म जहाँ बस्छु त्यहाँ शिव बस्नुहुन्छ जहाँ शिव बस्नुहुन्छ त्यहाँ म बस्छु हामी दुई एउटै हौँ । कुनै अन्तर छैन शिव र विष्णुमा भेद गर्नुहुदैन भन्ने उपदेशले यो देवघाटधामलाई हरिहर क्षेत्र भनिएको हो । हरि की प्रतीक कालीगण्डकी र हर की प्रतीक त्रिशूली यी दुईको मिलन (संगम) ले पनि प्रत्यक्ष दर्शाएको छ । 
    अहं यत्र शिवस्तत्र शिवो यत्र वसुन्धरे ।
    तत्राहमपि तिष्ठामि, आवयोः नान्तरं क्वचित् ।। वराहपुराण अ. १
    एवं नदी समुद्भेदः (संगमस्थल) सर्वतीर्थ कदम्बकम् ।
    एवमेतन्महाभागे क्षेत्रं हरिहरात्मकम् ।। वराहपुराण १ अ. १७ श्लोक 
  यति महŒपूर्णधाम डरलाग्ने घना जंगलले ढाकिएको गुप्त अवस्थामा महान् साहसी तपोनिष्ठ साधक गलेश्वर बाबाका नामले परिचित ईश्वरानन्द ब्रह्मचारि ले ओडारमा बसी देवघाटको महŒव प्रकाशमा ल्याउने उद्देश्यले सर्वप्रथम गलेश्वर आश्रमको स्थापना गर्नुभयो । आफ्नो जप पाठ योग भजन कीर्तनमा संलग्न हुँदै बाटा घाटा मन्दिर पाटी पौवा आदि बनाउने वैदिक धर्मसंरक्षणका लागि वेद वेदाङ्ग विद्याश्रम स्थापना गर्ने प्रकाशमा न आएका देवस्थलहरूको पहिचान गरी निर्माण कार्य गर्ने गलेश्वर आश्रमलाई शुद्ध तपस्थली बनाउने कार्यमा आफ्नो जीवन समर्पण गर्दै ब्रह्मलीन हुनुभयो । 
   यस पछि गलेश्वर बाबाकै पद चिह्नको अनुसरण गर्दै गलेश्वर आश्रमका पीठाधीश दण्डी स्वामी आशुतोषानन्द सरस्वती महाराजले आश्रमको प्रगति र धर्म संस्कृतिको उन्नयनका लागि थप योगदान पु¥याई रहनुभएको थियो ।
यसै बेला आफ्नो कठोर तपस्याद्वारा सिद्धि प्राप्त आबाल ब्रह्मचारी श्रोत्रिय ब्रह्मनिष्ठ वैदिक धर्म संरक्षणका परिपोषक त्यागमूर्ति साहसी श्री परमानन्द  गुरुको उदय भयो । उहाँले प्रारम्भमा मध्य पर्वतीय क्षेत्र पाल्पा, गुल्मी, बागलुङ्ग, पर्वत आदिका जनतामा चेतना भर्दै धार्मिक शैक्षिक भौतिक जागरणको अभियानमा संलग्न रही अनेकौँ आश्रम, मन्दिर, पाठशाला, धर्मशाला, बाटाघाटा निर्माण गरी त्यो क्षेत्रलाई हरेक दृष्टिकोणले सम्पन्न बनाउनुभयो । आध्यात्मिक विकास नभई भौतिक विकासले मात्र शान्ति हुँदैन भन्ने वहाँको विचार थियो । नेपालको सम्पूर्ण भागमा अध्यात्म ज्योति फैलाउने उद्देश्यले प्रख्यात तीर्थस्थल देवघाटधाम गलेश्वर आश्रममा बसी धर्म र समाजको सेवामा तत्पर रहनुभयो । तात्कालिक आश्रमका पीठाधीश दण्डी स्वामी आशुतोषानन्दज्यूले कल्पवासी सम्पूर्ण आश्रममा बसी जनताका परमप्रिय परमानन्द गुरुलाई कर्मठ योगी ठानी आश्रमको सम्पूर्ण भार सुम्पिने विचारले पीठाधीशको  पदमा आसीन गराउनुभयो । श्रद्धेय स्वामी परमानन्द गुरु गलेश्वर आश्रमको पीठाधीश पदभार ग्रहण गरेपछि गलेश्वर आश्रमको आकर्षण ज्योतिर्लिङ्गेश्वर महादेवको पूजा आरतीको व्यवस्था, यहाँको बाटोघाटो, खानेपानी,  विद्यालय, भोजनालय, साधुसन्त निवास, धर्मशाला, अग्निशाला, सत्संग, प्रवचन, भजन, अन्नक्षेत्र आदि कार्यमा दिनरात संलग्न रहनुभयो । आश्रमादाश्रमं गच्छेत् यो नियमले ब्रह्मचर्याश्रमबाट प्रख्यात महात्मा स्वामी सत्य प्रकाशानन्द सरस्वती महाराजबाट सन्न्यास आश्रम ग्रहण गर्नु भयो । माथि वर्णन गरिएको देवघाट हरिहर क्षेत्र भएपनि भगवान् हरिहरको विशेष पूजा आराधना आरती गर्ने देवलाय मन्दिर वा स्थान विशेष केही थिएन । सन्त शिरोमणि परमानन्द स्वामीज्यूलाई विशेष रूपमा हरिहर मन्दिर हुनुपर्ने मनमा लागि रहेको थियो । यसैबेला एकदिन अचानक रातमा उहाँलाई गलेश्वर आश्रम देखि पूर्व खोल्सापारि त्रिशूली नदीको बाँया तटको नजीक त्रेता युगमा श्रीरामचन्द्रले बृहद् यज्ञ गरेको पवित्र भूमि छ त्यसमा हरिहर मन्दिर बनाई पूजा चलाउनु भन्ने स्वप्न भयो । परमेश्वर हरिहरको सत्प्रेरणा भएको संझी स्वप्न समेतको विचार गरी शास्त्र केलाउँदा  इतिहास हेर्दा त्रेता युगमा सीता र श्रीरामचन्द्र देवघाटको संगममा स्नान गर्न आउनुभएको रहेछ — 
            गण्डकी संगमे स्नात्वा नेपाले जगदीश्वरम् । 
            दृष्ट्वा हरिहर क्षेत्रं ययौ रघुकुलोद्भवः ।।(आनन्द रामायण)
पवित्रतीर्थमा स्नान गर्न आएको बेला यज्ञयागादि दान पुण्य कर्म गर्नु स्वभाविक हुन्छ । यस अघि पनि ब्रह्माका छोरा सनत्कुमारहरु र मनु देवदानवहरुले पनि देवघाटधाममा ठूलो सम्पत्ति लगाएर यज्ञयागादि गरेको  प्रसङ्ग  गण्डकी महात्म्यमा उल्लेख छ । 
        ततो ब्रह्मसुताः सर्वे मनवो देवदानवाः ।
        महाविभवविस्तारैश्चक्रुर्यागादिकाः क्रियाः ।।(गण्डकीमहात्म्य ७अ.ण्)
महाज्ञानी वशिष्ठऋषिले पनि सप्तगण्डकीको संगम देवघाटधाममा तपस्या र  महादान गरेको प्रसङ्ग छ । 
संगमोऽत्र ममक्षेत्र एतासां सरितां वरे ।
वशिष्ठोऽपि महाबुद्धिश्चकार परमं तपः ।
शताश्वमेघयज्ञश्च महादानान्यनेकशः ।। –गण्डकीमहात्म्य ७अ.)
वशिष्ठ गुफा पनि यहाँ भएको कारणले गुफामा बसि तपस्या गरि रहनुभएका आफ्ना कुल गुरु वशिष्ठ ऋषिलाई आचार्य  बनाई देवघाटमा श्रीरामचन्द्रले ठूलो यज्ञ गर्नुभएको र वेदान्तहरुमा सर्वाेत्कृष्ट अजातपाद वेदान्त योग वाशिष्ठ श्रवण गरेको समेत खुल्न आएकोले परमज्ञानी स्वामी परमानन्दज्यूले अन्तर्दृष्टिले विचार गर्दै जादा विद्यमान हरिहर आश्रम स्थल नै श्रीरामचन्द्रको यज्ञभूमि ठहर भयो । जसरी तसरी केही पैसा जम्मा गरेर दश रोपनी जति उक्त जमिन खरिद गरि दिव्य हरिहर मन्दिर निर्माण गर्ने सङ्कल्प लिई आर्थिक अभावका कारण आफ्ना गुरुवर स्वामी सत्यप्रकाशानन्दसंग सरसल्लाह गर्नुभयो । गुरु शिष्य सहमति अनुसार विशाल हरिहर मन्दिर निर्माण गर्ने निश्चय भयो । परमानन्द गुरुको खुशीको सिमा रहेन । यता उता दुई तर्पm काम हुदाँ बढि भार बहन गर्नु परेकाले आफ्ना स्नेही वेदान्त विचारक स्वामी आत्मानन्द गिरिज्यूलाई योग्य मानी गलेश्वर आश्रमको सम्पूर्ण व्यवस्था गर्ने जिम्मा लगाउनुभयो । अक्षय तृतीयाको शुभ मुहूर्तमा हरिहर मन्दिरको शिलान्यास हुने भयो । मन्दिरको जग खनियो, जग खन्दा खन्दै आश्चर्य जनक वस्तुहरु भेटिन थाले । अर्धदग्ध जौ, कोइला, माटाका तामाका यज्ञपात्र दियो गहिरो खाडल भत्किएका ढुंगाहरु र अरु न चिनेका वस्तुहरु फेला पर्दा श्रीरामचन्द्रले गरेको हवन कुण्डमा नै मन्दिरको जग पर्न गएछ । जगमा वास्तुभूमि पूजन पञ्चकलश स्थापना नन्दादि शिलान्यास आदि कर्म वैदिक विधिद्वारा सुसंपन्न भयो । अब यो जग खन्दा पाइएका वस्तु के गर्ने भन्ने कुरा चल्दा सबैले यी पुराना वस्तु पनि नयाँ पुजिएका वस्तुसंगै पुजेर पूरी दिँदा राम्रो हुन्छ भनेर ती सबै जगमा पुरियो । यो कुरा मन्दिरको आरम्भ देखि निर्माण हँुदा सम्मको विवरण यो लेखकले सोधेकोमा हरिहर सन्न्यास आश्रमका  एक जना साधु विद्यानन्द सरस्वतीले भन्नुभएको थियो । हाल वहाँ समाधिस्थ भई सक्नुभएको छ । यसरी प्राचीन ऐतिहासिक वस्तु अलिकति ध्यान न पु¥याउदा धरती माताको गर्भ गर्तमा समाहित भयो । जे होस् श्रीरामचन्द्रले यज्ञ गरेको प्राचीन स्थलको जगमा स्वामी सत्यप्रकाशानन्द सरस्वतीको संरक्षकत्वमा स्वामी परमानन्द गुरुको रातदिनको सक्रियताले भव्य आकर्षक हरिहर मन्दिरको निर्माण  सम्पन्न भयो । मन्दिरको उद्घाटन मूर्तिहरुको प्राणप्रतिष्ठा गराईसकेपछि आफ्नो काम पुरा भएको सम्झी विधिको विधान स्वामी परमानन्द गुरु महारजले ब्रह्मलीन हुनुभयो । 
  नेपालकै ठूलो शिखर शैलिमा निर्मित त्रिशूल जस्तै संगमरमरको तीन शिखर भएको दुईतले मन्दिरका तीन गजुरमा ॐकार भएका ध्वजा फरफराई रहेका छन् । मन्दिर अग्लो हुनाले तीनमा जडान गरिएको विद्युत वत्तीले टाढा टाढाबाट समेत हरिहर मन्दिरको पहिचान हुन्छ । यस मन्दिरको संगमरमरले छापिएका तल्लो तलामा तीन कोठा छन् माझको कोठामा हर परिवार छन् हर परिवारमा शिवलिङ्ग, नन्दी, शिवपार्वती, गौरी,  गणेश, कातिर्केयका मूर्ति छन् । पूर्व फर्कदा दाहिने कोठामा गणेशको मूर्ति र रामलक्ष्मण बोकेको सङ्कटमोचन हनुमान्को मूर्ति छ । बाँया कोठामा महाकाली महालक्ष्मी  महासरस्वतीका मूर्तिहरु स्थापित छन् । मन्दिरको मध्यभागमा ५०० भक्तजन अटाउने प्रवचनसभाकक्ष छ । 
    माथिको तलामा हरिपरिवार छन् तीन कोठाको पहिलो दायाँ कोठामा राम, लक्ष्मण, सीता  र हनुमान् चार मूर्ति छन् । माझको कोठामा लक्ष्मीनारायणका मूर्ति र तेस्रो वायाँ कोठामा राधाकृष्ण र गायत्रीका मूर्ति छन् । दुवै तलाका सबै मूर्तिहरु सेता सिंगमरमरका सजीव दिव्य दर्शनीय सुन्दर शृंगार युक्त छन् । यस मन्दिरका छेउमा पूर्व फर्केमा, वायाँ तर्पm ब्रह्मलीन स्वामी परमानन्द गुरु महाराजको समाधि रहेको शिवालय छ । त्यसको समीपमा काला संगमरमरका दर्शनीय ध्रुव र ध्रुवनारायणका मूर्ति स्थापित सुन्दर ध्रुवनारायण मन्दिर छ त्यसपछि लामो दुईतले अतिथि निवास छ । हरिहर मन्दिरको अगाडि नित्य हवन गर्ने पक्की हवनशाला छ । त्यसपछि साध ुसन्त महात्मा विद्यार्थी गुरु अतिथि कर्मकर आदि लगभग एक छाकमा ४०० जना जतिले भोजन गर्ने पाकशाला छ । माथि तलामा साधु महात्माहरु बस्नुहुन्छ । यसको पछाडि गोशाला छ जहाँ गाईहरुको सेवा हुन्छ । हरिहर मन्दिरको वायाँ तर्पm ठूलो श्री परमानन्द संस्कृत गुरुकुलम् विद्यापीठम् छ । यहाँ छात्रवटुकहरु आधुनिक विषयका साथ वेदवेदाङ्ग अध्ययन गर्दछन् । चौरतर्पm आँप लिच्ची कटहर अशोक आदिले सुशोभित पुष्पवाटिका शाक उद्यानले मनोरम २५ रोपनीमा पैmलिएको हरिहर संन्यास आश्रमको आकर्षण हरिहर मन्दिरमा ब्रह्मचारी वटुकहरुद्वारा प्रतिदिन सायं प्रातः पूजा आरती प्रार्थनाका साथै विहान रुद्राभिषेक साझ लययुक्तमधुर ध्वनिले महिम्न स्तोत्र पाठ र प्रत्येक मंगलबार हनुमान चालीसा पाठ संगीतमय भजन आदि पछि जय जयकार हुन्छ । यस मन्दिरमा प्रतिदिन सयौं मानिसहरु दर्शन गर्न आउछन् श्रावण महिनामा वोल वम दर्शनार्थीहरुको ठूलो भीड हुन्छ ।
    हाल ब्रह्मलीन स्वामी परमानन्द सरस्वती गुरु महाराजका उत्तराधिकारी सुयोग्य शिष्य वैदिक धर्म संस्कृतिका परिपोषक श्रोत्रिय ब्रह्मनिष्ठ विद्वान्  श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजद्वारा े श्री परमानन्द संस्कृत गुरुकुलम् विद्यापीठम् सहित हरिहर संन्यास आश्रम र अन्य आश्रमहरुको सुव्यवस्थित रुपले संचालन भईरहेको छ । यातायातको सुविधा र देवघाटधामको प्रचारले दर्शनार्थी तीर्थ यात्रीहरु प्रत्येक वर्ष बढ्दै जाने क्रम रहेकाले वर्तमान हरिहर मन्दिरलाई विस्तारित गरि दिव्य दर्शनीय मन्दिर बनाउने उहाँको योजना र लक्ष्य भएको बुझिएको छ ।    
                                  अस्तु