नेपाल सनातन बैधिक हिन्दु धर्मावलम्बीहरुको आस्थाको प्रमुख केन्द्र हो। प्राकृतिक सम्पदा र सौन्दर्यले सुसज्जित यस राष्ट्रलाई प्रकृतिदेवीले उच्च हिमश्रिङ्खलाको माला पहिराएर स्वागत गरिरहेकी छन्। यिनै नेपाल जननीले आफ्ना अन्तर्दिलमा अनेकौ पवित्र क्षेत्रहरु लुकेर राखेकी छन्। कतिपय ऋषिमहर्षि यिनकै पुणयमय काखमा बसेर कालत्रयातीत अवस्थामा पुगी समाधिमग्न भए। साधक तथा सिद्ध- महर्षि-सेवित प्रमुख तिर्थहरुमध्ये तीर्थराज...