ऋषिमहर्षिहरुको तपस्थली शालिग्रामगर्भा श्रीकृष्णगण्डकीको प्रवाहले परमपवित्र भारतवर्ष पुण्यक्षेत्रमा अनेकौँ तीर्थहरु छन् । वैदिक सिद्धान्तमा आधारित आद्यजगद्गुरू श्री शंकराचार्यद्वारा प्रतिपादित जीवनदर्शनलाई अङ्गिकार गर्दै नारायणी निवास कनखल, हरिद्वारका पीठाधीश अनन्त श्री विभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका सुयोग्य शिष्य श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजले पश्चिम नेपालका विभिन्न लेकहरुमा कठोर तपश्चर्याद्वारा सिद्धि प्राप्त गरी आफ्ना गुरूको प्रेरणा र सहयोगमा नेपालका गुल्मी, बागलुङ्, म्याग्दी, पर्वत लगायत करिब २० वटा जिल्लाहरुमा संन्यास आश्रम, संस्कृत गुरूकुल, आधुनिक विद्यालय, महाविद्यालय, पाटीपौवा, मठमन्दिर, स्वस्थ्य संस्था, सडक आदिको स्थापना, संरक्षण र विकासार्थ सामाजिक धनधान्यचलको सुरूवात गर्दै वैदिक यज्ञयगादिबाट समाजलाई आध्यात्मिक सन्देश दिई राष्ट्रविकास र पौरस्त्य वाङ्मयको श्रीवृद्धिका निमित्त आफ्नो जीवन समर्पण गर्नु भएको थियो । वि.सं २०२८ सालमा दिब्रुङ्, गुल्मी र वि.सं २०३३ सालमा बागलुङ् विहूँ रामकोटमा स्वामीज्यूबाट स्थापित श्री परमानन्द वेदवेदाङ्ग विद्यालयबाट उत्पादित विद्यार्थीहरुले अहिले राष्ट्र तथा अन्तराष्ट्रमा शैक्षिक, प्राशासनिक क्षेत्रका उच्चपदमा रहेर राष्ट्रसेवा एवं पौरस्त्य वाङ्मयको प्रचारप्रसार र संरक्षण संवद्र्धनमा खटिइरहेको व्यहोरा सर्वविदित नै छ । वि.सं २०३८ सालदेखि शिवशूलप्रसुता त्रिशूली गंगा र शालिग्राम गर्भा श्रीकृष्णगण्डकीको संगम स्थल, हरिहरक्षेत्र, आदिप्रयाग देवघाटधामको अध्यात्मिक एवं आधुनिक विकासार्थ चिन्तन गर्दै देवघाट आउनुभएका स्वामीज्यूले गलेश्वर आश्रमको पीठाधीश स्वीकार गर्दै आश्रम एवं समाजको सर्वाङ्गीण विकास गरेर उक्त आश्रम महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिलाई सुम्पिनुभयो भने पौरस्त्य वाङ्मयका विशिष्ट विद्वान् विश्वनाथ संस्कृत महाविद्यालय, वेदान्त विभागमा अध्यापनरत डा.स्वामी रामानन्द गिरिलाई दिल्लीबाट नेपाल ल्याई आफ्नै साथमा राखेर देवघाटमा महेश संन्यास आश्रमको स्थापना गर्न प्ररेणा गर्नुभयो । अर्कातर्फ वि.सं.२०४५ सालमा आफ्ना गुरू स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका करकमलबाट शिलन्यास गराई वि.सं. २०५१ सालमा समुद्घाटन भएको श्री हरिहर मन्दिर सबैको आकर्षणको केन्द्रविन्दु बन्यो । नेपालकै प्रमुख मन्दिरहरु मध्ये नमुनाको रुपमा रहेको यस मन्दिरमा राखिएका दिव्यमूर्तिहरुको दर्शनका निमित्त नेपाल, भारत एवं विभिन्न देशबाट श्रद्धालुहरुको आगमन हुन्छ । आध्यत्मिक चिन्तनबाट सामाजिक जागरण साथै वैदिक धर्मसंस्कृति र गुरूकुलीय संस्कृत शिक्षा संरक्षण सम्वद्र्धनका लागि आफ्नो तपोमय जीवन समर्पण गर्नुहुने आवाल ब्रºचारी त्यागतपोमूर्ति स्वामीज्यू महाराज वि.सं २०५३ साल माघ १८ गते ब्रºलीन हुनुभएपछि उहाँका प्रमुख उत्तराधिकारी सकलगुरूगुणयुक्त श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराज आद्यजगद्गुरू शंकराचार्य परम्पराअनुरूप श्री हरिहर सन्न्यास आश्रम देवघाटधाम तनहुँको पीठाधीश पदमा अभिषिक्त हुनुभएको हो । जो वर्तमानमा नेपाल सन्त समाजका अध्यक्ष समेंत हुनुहुन्छ । आफ्ना पूज्य गुरूद्वारा बाली र झोलीका आधारमा लोक कल्याणार्थ स्थापित शताधिक धार्मिक संघसंस्था, मठमन्दिर, संन्यास आश्रम, संस्कृत गुरूकुल, आधुनिक शिक्षालय लगायतको युगोचित विकास र संस्थापनार्थ स्वामीज्यू महाराजको गतिशील तथा त्यागपूर्ण कुशल नेतृत्व सक्रिय रहेको छ । परमानन्दीय गुरूकुलहरुको प्रमुख केन्द्रका रुपमा श्री हरिहर संन्यास आश्रम देवघाटधाम अन्तर्गत हाल करिब २दर्जन गुरूकुलहरु सञ्चालित छन् । जसको नेतृत्व श्री परमानन्द संस्कृत गुरूकुलम्, देवघाटधामले गरिरहेको छ । वि.सं २०५९ सालमा नेपाल सरकारको शिक्षानीतिसँग संयोजन गरी प्राचीन गुरूकुलीय पद्धतिअनुरुप सन्त–महात्मा एवं विशिष्ट विद्वान् अनुभवी गुरूकुलहरुको सान्निध्यमा कक्षा ६ देखि शास्त्री तहसम्म आवासीय रुपमा करिब ३०० छात्रहरु आधुनिक शिक्षाको साथ–साथमा वैदिक दर्शन, संस्कार, संस्कृति र संस्कृतको रक्षणार्थ कटिबद्ध छन् । निकट भविष्यमा आचार्यतह सञ्चालन गर्ने र यस गुरूकुललाई पौरस्त्य वाङ्मयको अनुसन्धान केन्द्र बनाई न्यूनतम हजार छात्रहरुलाई आवासीय रुपमा राखी अध्यापन गराउने वर्तमान पीठाधीश स्वामीज्यूको सत्सङ्कल्प रहेको छ । यसका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको हुँदा तत्काल कम्तिमा ४० कोठे गुरूकुल शिक्षण भवन निर्माणको आवश्यकता महसुस गरी आवश्यक सहयोगार्थ नक्साङ्कन एवं लागत स्टमेंटसहित भारतीय राजदूतावासमा अनुरोध गरिएको छ । यसले पूर्णता पाउन सक्यो भने पौरस्त्य वाङ्मयको सर्वाङ्गीण विकासमा ठूलो सहयोग हुनेछ । अस्तु ।

श्री परमानन्द संस्कृत गुरूकुल–विद्यापीठम्का सङ्क्षिप्त परिचय

आदिकालदेखि नै वैदिकभूमिको रुपमा सुपरिचित, (नेपाल–भूमि) देवताहरुको क्रीडास्थली, लोमश, पराशर, व्यास, वशिष्ठ, विश्वामित्र, वाल्मीकि, पुलत्स्य, जडभरत आदि अनेकौँ ऋषि–महर्षिहरुको तपोभूमि, प्राकृतिक सम्पदा र सौन्दर्यले सुसज्जित उच्चतम हिमश्रृङ्खलाले परिपूणर्, सप्तगण्डकी, सप्तकोशी, सप्तकर्णाली आदि हजारौँ नदीहरुद्वारा पवित्रित देवभूमि (देवदेशो हिमालयः) नेपालको मध्यभागमा अवस्थित देवघाटधाम भगवान् नारायणको गण्डस्थलबाट निसृत, दामोदरकुण्डबाट कृष्णा र मुक्तिनाथबाट गण्डकी प्रवाहित भई शालिग्राम–वाहिनी श्रीकृष्णागण्डकी र भगवान् शंकरको त्रिशूलप्रहारद्वारा गोसाइँकुण्डबाट निसृत त्रिशूली यी दुई नदीको संगमस्थल हरिहरक्षेत्रको नामले सुप्रसिद्ध छ । संगम परिसरमा श्री हरिहर मन्दिर श्री हरिहर संन्यास आश्रम, श्री परमानन्द संस्कृत गुरूकुल विद्यापीठ अवस्थित छ । यस संस्थाका संस्थापक त्यागतपोमूर्ति सिद्धसन्त ब्रºलीन श्री स्वामी परमानन्द सरस्वतीज्यू महाराज हुनुहुन्छ । आद्यजगद्गुरू भगवान् श्री शंकराचार्यको परम्परामा दीक्षित उहाँले जीवनको ३ दशक पूर्वार्ध हिमालय शिखरका गुफाहरुमा घोर तपस्यामा यापन गर्नुभएको र उत्तरार्ध ३ दशकको समय समग्र नेपाललाई कार्यस्थल बनाई सनातन वैदिकधर्मको प्रचार, दर्जनभन्दा बढी गुरूकुलहरुको स्थापना त्यस्तै शताधिक साधारण विद्यालय क्याम्पस र औषधालय, खानेपानी, बाटाघाटा र पुलहरुको निर्माण गराई समाजसेवा र संन्यास आश्रमहरुको निर्माण गराई समाजसेवा तथा गुरूकुलको स्थापनाको माध्यमले पूर्वीय वाङ्मयको अध्ययन, सुसंस्कृत जनशक्तिको निर्माण, निर्मित जनशक्तिमा राष्ट्र–राष्ट्रियता समेंतको बोध गराउनु भएको छ । हरिहर संन्यास आश्रम हरिहर संन्यास आश्रमका संस्थापक स्वयं स्वामीजी हुनुहुन्छ । यो आश्रम ३ दर्जनभन्दा बढी आश्रमहरुको केन्द्रको रुपमा रहेको छ । यस आश्रमले गुरूकुल, पुस्तकालय सञ्चालन, देवपूजन, नित्यहवन, यज्ञयगादि, अतिथि, तीर्थयात्री, दुःखीको सेवा, गोसेवा, अन्नक्षेत्र–सञ्चालन, नित्य स्वाध्याय(उपनिषद्, ब्रºसूत्र, गीता आदिको प्रवचन)सञ्चालनको माध्यमले समग्र देशलाई कार्यक्षेत्र बनाई बसुधैव कुटुम्बकम्को उदात्त भावना बोकी समाजमा भएका विकार, विसङ्गतिको चेतनामूलक कार्यक्रमद्वारा परिमार्जन गर्दै आएको छ ।

श्री परमानन्द संस्कृत गुरूकुल विद्यापीठम्

गुरूकुलका संस्थापक ब्रºलीन गुरू महाराज नै हुनुहुन्छ । यसको स्थापना वि.सं.२०२८ सालमा तपस्थली पहाडको शिखर दिब्रुङ् गुल्मी जिल्लाबाट प्रारम्भ भएको हो । हाल दर्जनभन्दा बढी गुरूकुल सञ्चालित छन् । आर्ष–परम्पराअनुरुप गुरूशिष्य पद्धतिले सञ्चालित गुरूकुलमा हाल आवास भोजनसहित निःशुल्क रुपमा नेपालका सबै क्षेत्रबाट करिब तीन सय विद्यार्थीहरुले सन्त–महात्मा एवं विशिष्ट विद्वान् अनुभवी गुरूहरुको सान्निध्यमा आधुनिक शिक्षाको साथ–साथमा वैदिक दर्शन, संस्कार, संस्कृति र संस्कृतशिक्षाको अध्ययन गरिरहेका छन् । हालमा नेपाल सरकारको शिक्षानीतिसँग आबद्ध भई (गुरूकुलीय पद्धतिको पाठ्यक्रम) कक्षा ६ देखि १२ सम्मको र नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शास्त्री तहसम्मको पठनपाठन सञ्चालन हुँदै आइरहेको छ । यस गुरूकुलमा अध्ययन गरेका विद्यार्थीहरु शतप्रतिशत अतिविशिष्ट÷विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन् भने उत्पादित जनशक्ति विश्वविद्यालय, महाविद्यालय, साधारण विद्यालय एवम् स्वदेश विदेशका सबै क्षेत्रमा अनुशासित जनशक्तिको रुपमा सेवारत छन् । समयअनुरुप विद्यापीठको तह वृद्धि गरी आचार्यतह सम्म सञ्चालन गर्ने र यस गुरूकुललाई पौरस्त्य वाङ्मयको अनुसन्धान केन्द्रको रुपमा स्थापित गरी न्यूनतम एक हजार छात्रहरुलाई आवासीय रुपमा राखी अध्यापन गराउने वर्तमान पीठाधीश स्वामीज्यूको सत्सङ्कल्प रहेको छ । विद्यार्थीहरुको संस्कृतप्रतिको अभिरूचिको कारणले, वेद, व्याकरण, आयुर्वेद, योग, साहित्य, न्याय, ज्योतिष आदि विविध विषयको सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । यो विद्यापीठ हरिहर संन्यास आश्रमद्वारा सञ्चालित छ । यस संस्थाको सञ्चालनको श्रोत केवल भक्तहरुको सहयोग(भिक्षावृत्ति)मात्र रहेको छ । ब्रºलीन स्वामीज्यूका उत्तराधिकारी श्री१००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराज यस संस्थाका सञ्चालक हुनुहुन्छ । यो गुरूकुलले देशभर रहेका दर्जनभन्दा बढी गुरूकुल र एकहजारभन्दा बढी विद्यार्थीको नेतृत्वभार वहन गर्दै आइरहेको छ । यसका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको हुँदा तत्काल कम्तिमा ४० कोठे गुरूकुल शिक्षण भवन निर्माणको आवश्यकता महसुस गरी आवश्यक सहयोगार्थ नक्साङ्कन एवं लागत स्टमेंटसहित भारतीय राजदूतावासमा अनुरोध गरिएको छ । यसले पूर्णता पाउन सक्यो भने पौरस्त्य वाङ्मयको सर्वाङ्गीण विकासमा ठूलो सहयोग पुग्नेछ । अस्तु ।

श्रीपरमानन्द संस्कृत गुरूकुल–विद्यापीठम्का सङ्क्षिप्त परिचयः

आदिकाल से हि वैदिकभूमि के रुप में सुपरिचित, (नेपाल–भूमि) देवताओं की क्रीडास्थली, लोमश, पराशर, व्यास, वशिष्ठ, विश्वामित्र, वाल्मीकि, पुलत्स्य, जडभरत आदि अनेकों ऋषि–महर्षिओं की तपोभूमि, प्राकृतिक सम्पदा और सौन्दर्य से सुसज्जित, उच्चतम हिमश्रृङ्खलाओं से परिपूणर्, सप्तगण्डकी, सप्तकोशी, सप्तकर्णाली आदि हजारों नदीओं से पवित्रित देवभूमि (देवदेशो हिमालयः) नेपाल के मध्यभाग में अवस्थित देवघाटधाम, भगवान् नारायण के गण्डस्थल से निसृत, दामोदरकुण्ड से कृष्णा और मुक्तिनाथ से गण्डकी प्रवाहित होती हुई शालिग्राम–वाहिनी श्रीकृष्णागण्डकी और भगवान् शंकरके त्रिशूलप्रहारसे गोसाइँकुण्डसे निसृत त्रिशूली ये दोनो नदीओं का संगमस्थल हरिहरक्षेत्र के नामसे सुप्रसिद्ध है । इसी संगम परिसरमें “श्री हरिहर मन्दिर एवं श्री हरिहर संन्यास आश्रम तथा श्री परमानन्द संस्कृत गुरूकुल–विद्यापीठम्” अवस्थित है । इस् संस्थाके संस्थापक त्यागतपोमूर्ति सिद्धसन्त ब्रºलीन श्री१००८ स्वामी परमानन्द सरस्वतीजी महाराज हैं । आद्यजगद्गुरू भगवान् श्री शंकराचार्यके परम्परासे दीक्षित उन्होने जीवनके पूर्वार्ध ३ दशक हिमालय शिखरके गुहाओं में घोर तपस्यामें यापन की और जीवनके उत्तरार्ध के ३ दशकका समय समग्र नेपालको कार्यस्थल बनाया । सनातन वैदिकधर्मके प्रचारके लिए, दर्जनो गुरूकुलों की स्थापना और शताधिक साधारण विद्यालय, क्याम्पस, औषधालय, जगह जगह पिनेका पानी, रास्ता और पुलों के निर्माण से समाजसेवा की और संन्यास आश्रमों और देवालय मन्दिरों का निर्माण, तथा गुरूकुलों के स्थापनाके माध्यम से पूर्वीय वाङ्मय का अध्ययन, सुसंस्कृत जनशक्ति का निर्माण किया । निर्मित जनशक्ति में राष्ट्र–राष्ट्रियता के प्रेम का बोध कराया । श्रीहरिहर–संन्यास–आश्रम श्रीहरिहरसंन्यासआश्रमके संस्थापक स्वयं स्वामीजी हैं । यह आश्रम तीन दर्जन से अधिक आश्रमों के केन्द्रके रुप में प्रतिष्ठित है । इस आश्रम में गुरूकुल, पुस्तकालय एवं देवपूजन, नित्यहवन, यज्ञयगादि, अतिथि, तीर्थयात्री, दुःखी दरिद्रों की सेवा, गोसेवा, अन्नक्षेत्र, नित्य–स्वाध्याय(उपनिषद्, ब्रºसूत्र, गीता आदिका प्रवचन)सञ्चालन के माध्यम से समग्र देश को कार्यक्षेत्र बनाते हुए “बसुधैव कुटुम्बकम्” की उदात्त भावनासे समाजकी विकार, विसङ्गतिओं को हटानेके लिए निरन्तर प्रयासरत हैं ।

श्रीपरमानन्द–संस्कृत–गुरूकुल–विद्यापीठम्

गुरूकुलके संस्थापक ब्रºलीन गुरू महाराज जी हैं । इसकी स्थापना वि.सं.२०२८ साल में तपस्थली पहाडओं के शिखर दिब्रुङ् गुल्मी जिला में हुई । वर्तमान मेंं दर्जनों से अधिक गुरूकुल सञ्चालित हैं । आर्ष–परम्पराअनुरुप गुरूशिष्यपद्धति से सञ्चालित गुरूकुल में हाल आवास तथा भोजनसहित निःशुल्क रुपमें नेपालके सभी क्षेत्रों से करिब तीन सौ विद्यार्थीओं ने सन्त–महात्मा एवं विशिष्ट विद्वान् गुरूओं के सान्निध्य में आधुनिक शिक्षाके साथ वैदिक दर्शन, संस्कार, संस्कृति और संस्कृतशिक्षा का अध्ययन कर रहें हैं । वर्तमानमें नेपाल सरकारके शिक्षानीतिसे आबद्ध होकर (गुरूकुलीय पद्धतिसे युक्त पाठ्यक्रम) कक्षा ६ से १२ तक और नेपाल संस्कृत विश्वविद्यालयसे सम्बन्धन प्राप्त करके शास्त्री पर्यन्त पठनपाठन सञ्चालन हो रहा है । इस गुरूकुलमें अध्ययनरत विद्यार्थी शतप्रतिशत अतिविशिष्ट÷विशिष्ट श्रेणीमें उत्तीर्ण होनेमें सफल हैं । एवम् उत्पादित जनशक्ति विश्वविद्यालय, महाविद्यालय, साधारण विद्यालय और स्वदेश विदेशके सभी क्षेत्रों में अनुशासित रुपमें सेवारत हैं । समयअनुरुप विद्यापीठका तह वृद्धि करके आचार्यतह सञ्चालन करना और इस गुरूकुलको पौरस्त्य वाङ्मयका अनुसन्धान केन्द्रके रुपमें स्थापित करके न्यूनतम एक हजार छात्रों को आवासीय रुपमे अध्ययन कराने का वर्तमान पीठाधीश स्वामीजी का लक्ष्य है । विद्यार्थीयों को संस्कृतभाषा के प्रति वद्र्धमान अभिरूचिके कारण वेद, व्याकरण, आयुर्वेद, योग, साहित्य, न्याय, ज्योतिष आदि विविध विषयों का अध्यापन करना आवश्यक हो गया है । यह विद्यापीठ हरिहर संन्यास आश्रमसे सञ्चालित है । इस संस्था के सञ्चालन का श्रोत केवल भक्तजनों का सहयोग(भिक्षावृत्ति)ही है । ब्रºलीन स्वामीजी के उत्तराधिकारी श्री१००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज यस संस्थाके सञ्चालक हैं । यह गुरूकुल देशभर मे दर्जन से अधिक गुरूकुल सञ्चालन तथा एक हजार से अधिक विद्यार्थीयों का नेतृत्व और भार वहन करते आ रहा है । इसके लिए आवश्यक पर्याप्त भौतिक पूर्वाधारों का अभाव होने के कारण तत्काल मे करिब ४० कमरेका का गुरूकुल शिक्षण भवन निर्माणकी आवश्यकता महसुस करके आवश्यक सहयोगार्थ नक्साङ्कन एवं लागत स्टमेटसहित भारतीय दूतावासमे अनुरोध किया गया है । इसके पूर्णता से पौरस्त्य वाङ्मयका सर्वाङ्गीण विकासमे सहयोग मिलेगा । । अस्तु ।