पृष्ठभूमि/परिचय
वैदिक सनातन धर्मका संस्कार, संस्कृति र संस्कृत वाङ्मयको संरक्षणका लागि नै आदिप्रयाग हरिहरक्षेत्र देवघाटधाममा श्री हरिहर मन्दिर तथा हरिहर सन्न्यास आश्रमको स्थापना भएको हो । राष्ट्रसन्त ब्रह्मलीन गुरुवर स्वामी परमानन्द सरस्वती महाराजको सत्सङ्कल्पद्वारा, उहाँका पनि गुरु यतिकुलभूषण, योगनिष्ठ स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजज्यूकोे वरदहस्तकोे पूर्ण सहयोगमा वि.सं.२०४५ वैशाख अक्षयतृतीयाको दिन शिलान्यास गरी वि.सं.२०५१ शारदीय नवरात्रको पावन पर्वमा यस मन्दिरको समुद्घाटन भएको हो ।(आश्रमको स्थापना वि.सं.२०४० मा नै भएको हो ।) देशका विभिन्न ठाउँमा फैलिएका साना–ठूला गरी ४० भन्दा बढी आश्रम÷मन्दिर तथा दर्जनौ शिक्षाकेन्द्र (गुरुकुल)हरूको मातृसंस्था रहेको यस संस्थाको योजनाअनुसार कम्तीमा पनि ११०० (एक हजार एक सय) विद्यार्थीहरूलाई निःशुल्क आवास, भोजन र स्तरीय संस्कृत शिक्षा प्रदान गर्ने यस आश्रमको उद्देश्य रहेको छ भने हाल २०० जनाभन्दा बढी विद्यार्थी बटुकहरूले यहाँबाट निःशुल्क आवास, भोजनादिको सुविधासहित योग्य आचार्यहरूबाट आधारभूत तहदेखि स्नातकोत्तर तहसम्म वैदिक शिक्षा ग्रहण गरिरहेका छन् । हरिहरको नित्य–पूजा, हवन, मुमुक्षुहरूका लागि स्वाध्याय, प्रवचन, अन्नक्षेत्र(नित्य भण्डारा), तीर्थयात्रीको लागि आवास तथा भोजनको व्यवस्था, वृद्ध असहायको यथाशक्य सेवा, गोसेवा आदि यस आश्रमका मुख्य अङ्ग हुन् । यी सबैको व्यवस्थामा आवश्यक आर्थिक स्रोतको मूल आधार भनेको केवल उदारमना श्रद्धालु भक्तहरूको अमूल्य श्रद्धापुष्प नै हो भन्ने कुरा सबैमा जानकारी गराउँदछौँ ।
विषयप्रवेश
“दैवाधीनं जगत् सर्वम्” अर्थात् देवताको अधीनमा रहेको यस संसारमा दैवी इच्छाअनुरूप विभिन्न घटना दुर्घटनाहरू भइरहन्छन् । नेपालमा वि.सं.२०७२ साल वैशाख १२ गते आएको अकल्पनीय विनाशकारी भूकम्पको प्रकोपले धार्मिक धरोहरको रूपमा रहेको ऐतिहासिक श्री हरिहर मन्दिर चिराचिरा भएर श्रीहीन बन्दै जर्जरताका कारण दुरवस्थामा पुग्यो, जसको प्रतिकार हामी कसैको वशमा थिएन ।
हरिहर मन्दिरको ऐतिहासिकता र विशेषता
दामोदरकुण्ड / मुक्तिनाथबाट आएकी कृष्णा÷गण्डकी र गोसाइँँकुण्डबाट बग्दै आएकी त्रिशूली (विष्णुगङ्गा र शिवगङ्गा)को संगमस्थल हरिहर क्षेत्र देवघाट ऐतिहासिक दृष्टिले निकै महŒवपूर्ण छ । त्यही हरिहर क्षेत्रको नामका आधारमा यस हरिहर मन्दिरको निर्माण भएको हो, त्यसैले हरिहरक्षेत्र ऐतिहासिक भएजस्तै यो हरिहर मन्दिर पनि ऐतिहासिक नै छ । यस्तो भूमिमा निर्मित हरिहर मन्दिर उचाइका दृष्टिले ६० फिट अग्लो र कलात्मक ढङ्गले शिखर शैलीमा निर्माण गरिएको यस मन्दिरको अन्य मन्दिरहरूको भन्दा बेग्लै विशेषता छ । दुईवटा तला भएको यस मन्दिरमा तल्लो तलामा विशाल हलसहित मन्दिर र माथिल्लोे तलामा देवीदेवताका दिव्य प्रतिमाका साथ फराकिलो प्राङ्गण छ । यहा“ शिवलिङ्गसहित शिवपरिवार, लक्ष्मीनारायण, महाकाली, महालक्ष्मी, महासरस्वती, हनुमान्, राधाकृष्ण, गायत्री, सीताराम परिवार र धु्रवनारायण आदि विभिन्न देवी देवताहरूका प्रतिमाहरू प्रतिष्ठित छन् । यहा“ एउटै मन्दिरमा अनेक देवी देवताहरूको दर्शन गर्न सकिन्छ । यो नै यस मन्दिरको प्रमुख विशेषता हो । परन्तु यस्तो मन्दिरलाई भूकम्पपश्चात् समग्र रूपमा सबैका लागि जीर्णताका कारण खुला गर्न सकिएको छैन । यो दुःखको कुरा हो । केही उपायले यसैलाई जीर्णोद्धार गरी उपयोगी बनाउन सकिन्छ कि भनी देश तथा विदेशका निर्माण विशेषज्ञहरू सँग परामर्श लि“दालिँदै ५ वर्ष बितिसक्यो । अन्त्यमा उनीहरूबाट पनि जीर्णोद्धार गर्न अयोग्य छ भनी प्रमाणित सुझाव आएपछि अब नया“ मन्दिर निर्माण गर्नुबाहेक अर्को विकल्प रहेन । त्यसैले चा“डोभन्दा चा“डो मन्दिर निर्माण गर्नु चुनौती बनेको छ ।
हरिहर मन्दिर पुनर्निर्माणका लागि भूमिदान महाअभियान ः
सिद्ध महापुरुषद्वारा प्रतिष्ठापित र देवघाटको मात्रै नभई समग्र नेपालकै ऐतिहासिक धरोहरको रूपमा रहेको यस मन्दिरको पुनर्निर्माण गर्नु अब हामी सबैको प्रमुख कर्तव्य बनेको छ तर उचित ठाउँमा मन्दिर पुनर्निर्माणका लागि भूमि पर्याप्त नभएको हुँदा यस संस्थाले मन्दिरसँगै जोडिएको करिब २० रोपनी जग्गा खरिद गर्ने निर्णय गरेको छ । परन्तु धर्मकर्ममा आस्था राख्ने, श्रद्धालु, उदारमना, दानवीर भक्तहरूको साथ र सहयोगविना यो कार्य सम्भव छैन । त्यसैले देवता, गुरु, वेदादि शास्त्रहरूमा श्रद्धा एवं दृढविश्वास भएका इहलोक र परलोक दुवै सुधार्न चाहने भाग्यशाली पुण्यात्मा, धर्मपरायण, देवपितृभक्त सद्गृहस्थहरूलाई भूमिदान महादान अभियानमा सहभागी बनाउने सत्सङ्कल्प गरेका छौँ । अतः भूमिदानजस्तो अभियानले यथाशीघ्र सफलता प्राप्त गर्नेमा हामी विश्वस्त छौँ । नास्ति भूमिसमं दानं नास्ति भूमिसमो निधिः । (गरुडपुराण) न वै भूमिप्रदानाद् वै दानमन्यद् विशिष्यते ।। (महाभारत) यी शास्त्रीय पौराणिक वचनहरूले भूमिदानको महŒव दर्साइरहेका छन् । यी वचन अनुसार दानमा सर्वश्रेष्ठ दान भूमिदान हो भने सम्पत्तिमा सर्वश्रेष्ठ सम्पत्ति पनि भूमि नै हो । संक्षिप्तमा भन्नुपर्दा दाता र ग्रहिता वा दिने र लिने दुवैका लागि भूमि अति नै महŒवपूर्ण छ ।
अनुरोध ः
अब यहाँहरूद्वारा दान गरिएको भूमिमा विशेषज्ञहरूको परामर्शअनुरूप प्राचीन पद्धतिलाई ध्यानमा राखेर पुनर्निर्माण हुने श्रीहरिहर मन्दिरले देवघाटधामको मात्रै नभई नेपालकै इतिहास बोल्ने छ । त्यस्तो दिव्य देवी–देवताको निवासस्वरूप मन्दिर निर्माणका लागि केही भूमि समर्पण गरेर आफू मन्दिरको आधारभूमिको रूपमा सदा–सदाका लागि कीर्तिरूपले अजर अमर बनेर रहने दुर्लभ सौभाग्य जोकोहीलाई मिल्दैन । त्यसो त गरेको दान परलोकमा पाइन्छ भन्ने शास्त्रीय मान्यताअनुरूप पितृसन्तुष्टिका लागि र आफ्नै आत्मा सन्तुष्टिको लागि पनि दश दानअन्तर्गत भूमिदान गर्ने हाम्रो अनादि परम्परा छ, त्यही परम्परा अनुसार भूमिदानको भावना गर्दै पातको टपरीमा माटो राखेर श्रद्धापूर्वक ब्राह्मणलाई दान गर्दा त अब समस्त पितृहरू तृप्ति हुन्छन् र पछि मैले पनि पाउने छु भन्ने भावले कृतार्थ भइन्छ भने देवघाट जस्तो पुण्यभूमिमा भव्य मन्दिर निर्माणार्थ यथाशक्य भूमिदान गर्दा त्यसको पुण्य कति होला ? यो विचारणीय विषय हो । “विभवे दानशक्तिश्च नाल्पस्य तपसो फलम्” भनेर सामथ्र्यवान् व्यक्तिले दान गर्नुलाई ठूलो तपस्याको फल हो भनेर शास्त्रले सङ्केत गरेको छ । अतः सम्पूर्ण श्रद्धालु सद्गृहस्थहरूलाई स्वदेश र विदेशमा रहेका आफ्ना परिवार, छोराछोरी, बुहारी, नातिनातिना, दिदीबहिनी, छिमेकी, मित्र, हितैषीहरूलाई समेत प्रेरणा गर्दै यस भूमिदान अभियानको महत्पुण्य कर्ममा सहभागी भई समस्त दिवङ्गत पितृहरूलाई र आफैलाई पनि कृतकृत्य बनाउनुहुन समेत अनुरोध गर्दछौँ ।
भूमिदान तालिका :
क्र .स्ं | एकाइ | कतिको ? | मूल्य रु |
१ | १ दाम | १ पैसाको चौथो भाग | ५०,०००।– |
२ | १ पैसा | १ आनाको चौथो भाग | २,००,०००।– |
३ | १ आना | १ रोपनीको सोह्रौँ भाग | ८,००,०००।– |
४ | १ रोपनी | १ विघा को तेह्रौँ भाग | १,२८,००,०००।– |