१. गुरुकुलम्द्वारा निर्धारित बिस्तारा, पोशाक, पाठ्यसामग्रीलगायत व्यक्तिगत रूपमा आवश्यक पर्ने सामग्रीका व्यवस्था स्वयम्ले गर्नुपर्नेछ ।
२. बिरामी परेमा औषधोपचारको व्यवस्था अभिभावक स्वयम्ले गर्नुपर्नेछ ।
३. गुरुकुलम्मा रहँदा व्यक्तिगत रुपमा मोबाइल, ल्यापटप, कम्प्युटरलगायतका आधुनिक उपकरणहरू राख्न पाइन छैन ।
४. विद्यार्थीको अभिभावक संस्कारहीन, मदिरापान, कुलतमा फसेको वा व्यभिचारी पाइएमा विद्यार्थीलाई समेत गुरुकुलम्मा भर्ना गरिने छैन ।
५. विद्यार्थी कुनै कुलत, आपराधिक क्रियाकलाप वा दीर्घरोगबाट पीडित भएको पाइएमा गुरुकुलम्मा राखिने छैन ।
६. गुरुकुलम्को आदेशबिना आश्रमबाहिर जान वा कोही बाहिरी व्यक्तिलाई व्यक्तिगत स्वार्थका निमित्त गुरुकुलम्मा बोलाउन पाइने छैन ।
७. पठनपाठन, आरति–स्तुति, सन्ध्या, खेलकुद, श्रमदान, योगाभ्यासजस्ता गुरुकुलम्का नियमित कार्यमा अनिवाय रूपमा सहभागी हुनु पर्नेछ ।
८. संस्थाको सम्पत्ति, अन्य व्यक्तिका सामग्री आदिको नोक्सान वा कसैलाई शारीरिक चोट पु¥याएमा त्यसक व्ययभार स्वयंले लिनु पर्नेछ ।
९. संस्थामा शालीन एवं निर्धारित भेषभूषा, उचित वाक् व्यवहार, आचार विचार तथा मर्यादित आचरणमा रहनुपर्नेछ ।
१०. विद्यार्थीले पठन–पाठनमा ध्यान नदिने, बारम्बार घर जान चाहने, विरामीको बहाना बनाउने, झूट बोल्ने गरेमा गुरुकुलम्बाट नियमपूर्वक निष्काशन गरिनेछ ।
११. कुनै प्रकारको संक्रामक गम्भीर रोगको अवस्थामा विद्यार्थीलाई रोग ठीक नहुँदासम्म गुरुकुलम्बाट अवकाश दिइनेछ तर रोग ठीक भइसकेपछि गुरुकुलम्मा प्रवेश गर्दा सरकारी मान्यताप्राप्त अस्पतालको सिफारिसपत्र वा उक्त रोगको उपचारसम्बन्धी कागजातहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
१२. गुरुकुुलम्मा प्रथम–पटक भर्ना हुँदा रु १००० (एक हजार) प्रवेश शुल्क लाग्नेछ ।
१३. विद्यार्थी भर्ना भइसकेपछि बीचमा छोडेमा नीज विद्यार्थीप्रति भर्ना भएका मितिदेखि संस्थाले गरेको लगानी दैनिक रुपमा हिसाब गरी अभिभावकले अनिवार्य रूपमा पूर्ति गर्नुपर्नेछ ।
१४. गुरुकुलम्द्वारा सञ्चालन गरिने परीक्षामा विद्यार्थी उत्तीर्ण हुन नसकेमा नीज विद्यार्थीलाई नयाँ कक्षामा भना हुने एवं कक्षा दोहो¥याउने व्यवस्था छैन ।
१५. प्रवेशिका (क्भ्भ्) मा अनिवार्य अंग्रेजी लिएर अध्ययन गर्न चाहने विद्यार्थीले कक्षा आठमा सञ्चालन हुने जिल्ला स्तरीय परीक्षामा अंग्रेजीसहित समग्र विषयमा न्यूनतम पनि ७५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ ।
१६. गुरुकुलम्का आचरण, अनुशासन, नीति र नियमहरू पालना गर्न नसक्ने विद्यार्थीलाई आश्रममा राख्न गुरुकुल बाध्य हुने छैन ।
श्री परमानन्द संस्कृत गुरुकुलम्द्वारा लिइने प्रवेश परीक्षामा उत्तीर्ण हुन सकेमा विद्यार्थी गुरुकुुलम्मा भना
भएपछि उपर्युक्त सम्पूर्ण नियमहरूको पालना गर्न पूर्ण सहमत छौं ।
४. प्रवेश परीक्षामा उत्तीर्ण भएमा विद्यार्थीले अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजातहरु जन्मदर्ता प्रमाणपत्रका
प्रतिलिपि,बुवा र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कक्षा ५ उत्तीर्ण गरेका प्रमाणपत्र (मूल नै)